मृत्युदण्ड सुनाइएका यादवलाई माफी

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १५, २०७५

साउदी । पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन ।

बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो ।

सुरुमा अदालत बाट ११ बर्ष जेल सजायको फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादवलाई मृत्युदण्डको फैसला सुनाएको थियोे ।

यादव लाई सजाय थप गरेपछि नेपाल बाट गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ हारगुहार गरेपछी मृत्युदण्ड माफ गरिएको रायले जानकारी दिएका छन् ।

जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ भएको जानकारी दिएका हुन ।

साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए ।

मृतकका परिवारबाट सजाय माफ भए पनि कानुनी प्रक्रिया भने पूरा गर्न बाकी रहेको बताउदै दूतावासको पहलमा छिट्टै सबै प्रक्रिया पूरा गर्न राएले जानकारी दिएका छन ।

यता साउदी स्थित नेपाली दूतावासले भने अदालतले माफिपत्र लाइ स्विकार नगरे फैसला प्रति असन्तुष्टि जनाउदै पुनराबेदनमा जाने जानकारी दिएको छ ।