एमाले-माओवादी एकता अनिश्चित

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ७, २०७५

काठमाडौं बैशाख ७ । पार्टी एकतालाई अन्तिम रुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष बीच भएको वार्ताले नयाँ रुप लिन नसके पछि वार्ता गफमै सीमित भएको छ ।

वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ ।

दुई अध्यक्षबीच भएको वार्ताले सार्थक मोड लिन नसकेपछि अध्यक्षबीच वान टु वान वार्ता समेत अनिश्चित भएपछि पार्टी एकता हुने नहुनेमा आशंका पैदा भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

ती नेताले भने,

-हामी हदै लचिलो भएका थियौं ।

-तर, एमालेले आफ्नो अहम् र घमण्ड देखाएपछि पार्टी अध्यक्ष निरास भएर वार्ताबाट फर्किनुभएको हो ।

माओवादीले बराबरको हैसियत खोजेपछि वार्ता अनिश्चित बनेको एमालेका एक नेताले बताए ।

आजको नेपाल समाचारपत्रको पहिलो पृेष्ठमा समाचार छ ।