बैंक खाता र आर्थिक कारोबार रोक्का

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०७५

काठमाडौ वैशाख,५ । सार्वजनिक यातायात बन्द गर्ने धम्की लिइरहेको बेला सरकारले यातायात सम्बन्धि समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको छ ।

सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ ।

व्यवसायीले वैशाख २६ गतेबाट अनिश्चितकालनीन सार्वजनिक यातायात सेवा बन्द गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार आन्दोलनका लागि चाहिने रकम जोहो गर्न नसकुन् भन्ने उद्देश्यले समितिहरुको कारोबार रोक्का गर्न लागिएको हो ।

सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलनको घोषणा गर्दैछ ।

तर सरकारले भने यातायात समितिहरुको कारोबार रोक्का गर्ने तयारी थालेको छ ।

विभागले समितिहरुको बैंक खाता र आर्थिक कारोबार रोक्का गरी उनीहरुको सम्पत्तिमाथि छानविन गर्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।