अब सार्तै दिन स्मार्ट लाइसेन्स दिने तयारी

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २९, २०७४

काठमाडौं चैत्र २९ । यातायात व्यवस्था विभागले एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।

देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने, राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ ।

तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे ।

सेवाग्राहीले सवारी चालक अनुमति पत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन् ।

कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा ढिलाइ भएको हो ।

गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।