काठमाडौं चैत्र १२ । नेपालमा करिव दुईतिहाई बहुमत नजिक रहेको बामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा भव्य स्वागत गर्ने भएको छ ।
विगतमा मधेसको सीकांनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ ।
उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यानडेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थात्विमा सघाउने बताएको छ ।
नयाँ सरकारसंग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।
भारतका विदेश राज्यमन्त्री जरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने तर्थ डिभिजनका सहसचजिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोवारे नेपाली सञ्चारकर्मीसामु परिवर्तित धारणा सुनाए ।,