धादिङबेसी माघ २० । धादिङ जिल्ला अस्पतालबाट प्रदान भइरहेको सेवा तथा गतिविधिहरुका बारेमा अन्तरक्रिया गरिएको छ ।
अस्पताल बिकास समितिको अध्यक्ष अर्जुन प्रसाद उप्रतीको सभापतित्वमा अस्पतालको सेवा तथा ब्यबस्थापनमा भएका गतिविधि सन्दर्भमा पत्रकार अन्तरक्रिया भएको हो ।
शुक्रबार भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी वरिष्ठ जनस्वास्थ प्रसासक जिल्ला स्वास्था कार्यलयका महेश्वर श्रेष्ठ, निलकण्ठ नगरपालिका कार्यकारी अधिकृत जगनाथ लामिछाने लगायत सरोकारवाला व्यक्ति निकाय तथा संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धादिङ जिल्ला अस्पतालले स्थापना दिनदेखि आजसम्मको दिनमा गरेको काम सेवाको बारेमा छलफल गरेको थियो । वि.स. २०४६ सालमा स्थापना भएको जिल्ला अस्पताल सेवा प्रारम्भ भने २०४८ बाट गरेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले अस्पतालमा सेवा लिन आउने विरामीलाई राम्रो व्यवहार गर्नुपर्ने, अस्पताल वरिपरि सरसफाई राख्नुपर्ने,जनस्वस्थ्य,र अस्पताल बिच समन्वय हुनुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।