होलिस्टिक हेल्थको मोबाईल एप्स सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २, २०७४

धादिङ माघ २ । नयाँ वर्ष २०१८ सुरुवात सँगै होलिस्टिक हेल्थ प्रा.लि. नेपालले मोवाईल एप्स सार्वजनिक एन्ड्रोइड मोबाईल एप्स सार्वजनिक गरेको छ ।

कम्पनीका अध्यक्ष डा. डिबि सुनुवारले एप्स सार्वजनिक गर्दै भने, समयलाई पच्छाउन सकेनौं भने हामी डाइनोसर हुन्छौं । यसैले समयलाई पच्छाउँदै डिजिटल एजमा हामी प्रवेश गरेका हौँ । अब तपाईँको घर, अफिस र पसलमै गुणकारी सर्वहितकारी होलिस्टिक हेल्थको उत्पादन पुर्याउन यो एप्स लाभदायीक हुने छ ।

होलिस्टिक हेल्थको अभियान नै छ जहाँ होलिस्टिक त्यहाँ खुशी । हामीले होलिस्टिक हेल्थ एन्ड्रोइट एप्स बनाएका छौं । यस एप्स मार्फत जहाँ बस्नुहुन्छ त्यहीँबाट होलिस्टिक हेल्थको उत्पादन सजिलै प्राप्त गर्न सक्नुहुने छ । कम्पनीका प्रवन्ध निर्देशक एलबि मुखियाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै होलिस्टिक हेल्थको एन्ड्रोइट एप्सको विषयमा बताएका बताए ।

एप्सको विषयमा प्रष्टपार्दै निर्देशक मुखियाले भने– सुसमृद्धि, सुस्वास्थ्य, सुशिक्षा नै होलिस्टिक हेल्थको मिसन हो । होलिस्कि हेल्थ एप्सले हामीलाई घर घरमा जोडेको छ । हामी अब एकै परिवारको सदस्य बन्ने प्रयासमा छौं । यसले सबैलाई लयत्मक तरिकाले गोलबद्ध गर्ने छ । अभ्यास गर्दै जाऔं । आएका अप्ठ्याराहरुलाई सामना गर्दै अगाडि बढ्ने छौं निर्देशक मुखिएले भने ।

होलिस्टिक हेल्थ एप्सलाई सन्सारभरिका सप्लिमेन्टका उपभोक्ताहरुले गुगुल प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन् । जहाँ होलिस्टिक हेल्थका सबै उत्पादनहरुको वारेमा जानकारी सहितको अनलाईन सपको व्यवस्था गरिएको धादिङ होलिस्टिक हेल्ट इन्टरप्राइजेजका प्रमुख सुशिला रिजालले बताइन् ।