धुवाँकोटमा १५ हल गोरु जुधाइने, साथमा साँस्कृतिक कार्यक्रम

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

धादिङबेसी पौष ३० । धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार भन्ने नाराका साथ माघेसक्रान्तिको उपलक्ष्यमा १५ हल गोरु जुधाईने भएको छ ।

सोमबार (माघ १ गते) धुवाँकोटको भँगेरीस्थनमा १५ हल गोरु जुधाईने र साथमा साँस्कृतिक कार्यक्रम गरि माघे सक्रान्ति मनाइने अन्तिम तयारी सकिएको आयोजकले जनाएको छ ।

धादिङबेसी सदरमुकामबाट करीब मोटर साइकलमा ४० मिनेटको दुरीमका रहेको भँगेरी स्थानमा हुने गोरु जुझाउने मेला अर्थात माघेसक्रान्ति भव्य हुने समेत बताइएको छ ।

गत वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम गरेको भँङ्गेरी युवा समाज धुवाँकोटले यस वर्ष पनि नीलकण्ठ नगरपालिका वर्डा नम्बर १४ को आयोजा तथा सहआयोजक भँङ्गेरी युवा समाज धुवाँकोटले गोरु जुधाइ तथा कृषि मेला प्रदशनी गर्न लागेको हो ।

यो पनि पढौं

धुवाँकोटमा माघ १ गते गोरु जुघाई तथा कृषि मेला प्रदशनी हुने