दुबई । नेपाल पत्रकार महासंघ युएई शाखाले १ जनावरी २०१८ का दिन अंग्रेजी नयाँ बर्ष २०१८ को बिशेष अबसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकार महासंघ युएई शाखाका निबर्तमान अध्यक्ष त्रिलोचन कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय प्रतिनिधी द्धय हरि नेपाली र बिनोद श्रेष्ठ बिशेष अतिथी रहेका थिए । युएईमा क्रियाशील बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको आतिथ्यमा सम्पन्न कार्यक्रम युएईको दुबई स्थित जाबेलपार्कमा सम्पन्न भएको थियो ।
एनआरएन आईसिसिका मध्यपुर्बका उपसंयोजक गोपाल कडेल, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, आदीबासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, काभ्रे सेवा समाज युएईका अध्यक्ष दील लामा, सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपाल, धादिङ समाजका निबर्तमान अध्यक्ष भीम अधिकारी लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि अतिथी रहेको कार्यक्रमको सञ्चालन महासंघका सहसचिब निर्भिक नारायण भुर्तेलले गरेका थिए ।
महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान, बनभोज तथा चिट्ठा कार्यक्रम रहेको थियो । उक्त चिट्ठा कार्यक्रम अन्तर्गत भाग्यशाली उपहारमा प्रथम पुरस्कार मोबाईल फोन गायिका तथा मोडल सन्ध्या सुस्केराले प्राप्त गरेकी थिईन भने द्धितिया पुरस्कार पत्रकार प्रकाश ढकालले ट्याबलेट र तृतिय पुरस्कार घडी पत्रकार डिल्ली हुमगाईले प्राप्त गरेका थिए ।
निकै भब्य रुपमा सम्पन्न कार्यक्रममा उपस्थीत प्रमुख अतिथी, बिशेष अतिथी र अतिथीहरुले कर्यक्रम सफलताको शुभकामना दिदै प्रवासमा कामको बाबजुद पनि पत्रकारहरुले खेलेको भुमीकाको प्रशंसा गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती तथा पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले कार्यक्रम सफल बनाउन खटिएका संयोजक दामोदर दाहाल लगायतका आयोजक टिम र कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।