धादिङबेसी पौष २२ । धादिङका पछिल्लो पुस्ताका स्थापित संचारकर्मी मध्य पर्ने धर्मेन्द्र श्रेष्ठद्वारा निर्देशित ‘मृत्यु पठाईदेउ’ सार्वजनिक भएको छ ।
राजेन्द्र बिस्वकर्मा, सानु तामाङ, रबि भट्टराई, गीता अधिकारी, मनिष श्रेष्ठ, ज्ञानि माया गुरुङ, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारि, बिनोद तमु लगाएत अन्य कलाकारको अभिनय उक्त गीतमा देख्न सकिन्छ ।
देवी घर्ति र राजु बज्राचार्यको स्वर रहेको यस म्यूजिक भिडियोमा धादिङ आस पासमा छायांकन गरिएको छ । राजेन्द्र बिस्वकर्मा को रहेको छ भने शब्द राजु बज्राचार्य र राजेन्द्र बिस्वकर्मा को रहेको छ, साथै यस गीतलाई छायांकन सन्तोष राज श्रेष्ठले गरेका हुन् । गितको शब्द, लय, एरेन्ज, कलाकारको स्वर देखि लिएर भिडियो पनि निकै राम्रो बनेको निर्देशक धर्मेन्द्र बताउछन् ।
भिडियो
https://www.youtube.com/watch?v=Vr-QZZEFyXk