अनिस तामाङ
युएई, पुष ७ । तामाङ समाज युएईले तामाङ जातिको महान राष्ट्रीय पर्व मञ्जुश्री संवत् २८५४ सोनाम ल्होछार खि (नागी ल्हो) कुकुर वर्गको अवसरमा ल्होछार साँझ(२०१८ बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। ूतामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचानू भन्ने मुल नाराको साथमा तामाङ जातिको भाषा, धर्म संस्कृति र भेषभुषाको जगेर्ना गर्ने उदेश्यले मनाउन लागेको उक्त कार्यक्रममा नेपाल देखि चर्चित गायक तथा संगीतकार फुल कुमार बम्जन र चर्चित म्हेन्दोमाया गायक तथा संगीतकार रोशन फ्युबा तामाङ उक्त कार्यक्रममा युएई आउने भएको जानकारी तामाङ समाज युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले बताएका छन्।
यहीँ आउदो १९ जनवरी शुक्रबारका दिन युएईको विकसित शहर दुबई स्थित कार्ल्टन टावर डेरामा दिउँसो ठिक २स्०० बजे सुरु हुने उक्त ल्होछार कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छन। प्रवासी भूमिमा रहेर पनि गीतसंगीतलाई निरन्तर दिदैँ आइरहेका कलाकारहरु प्रवेग दोङ, सन्दिप ग्याबा तामाङ, विक्रम लामा,सोम तामाङ,सन्ध्या सुस्केरा, डिबि समर्पण मगर , प्रख्यात मोक्तान, विजय लामा थोकर लगायतले आफ्नो प्रस्तुतिहरु दिनेछन् भने उक्त ल्होछार कार्यक्रमको लागि प्रायोजकको रुपमा फिस्टल ट्राभल्स, नमस्ते ट्राभल्स लगायतका विभिन्न कम्पनीहरुको साथ रहने छन । यस्तै गरि मिडिया पार्टनरको रुपमा तामाङ आवाज, शैलुङ अनलाइन लगायतका अनलाइन मिडियाहरुको साथ रहेका छन ।
सन २००५ सालमा स्थापना भएको तामाङ समाज युएईले प्रत्येक वर्ष ल्होछार कार्यक्रमको साथसाथै विभिन्न सामाजिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छन्। तामाङ समुदाय पछि पर्नुको मुख्य कारण शिक्षाको कमी भएकोले राज्यको पहुँच नपुगेका विकट गाउँबस्तिहरुमा समेत प्रत्येक वर्ष आर्थिक सहयोग गर्दै आएरहेका छन। केही महिना अगाडि पनि शिक्षाको लागि सहयोगार्थ एसएमएस अर्थात सपोर्ट माइ स्कुल नामक बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट उठेको रकम धादिङको कन्यादेवी निम्नमाध्यमिक विद्यालय लगायतका विभिन्न तामाङ बहुलियता भएका विद्यालयहरुमा आर्थिक सहयोग प्रदान गरेको तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले जानकारी गरेको छ ।