युएई मंसिर २९ । नेपाल पत्रकार महासंघ युएई शाखाले अंग्रेजी नयाँ बर्ष २०१८ अवसरमा बनभोज, तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
युएइ महासंघको बैठकले अंग्रेजी वर्ष २०१८ को पहिलो दिन १ जनावरीमा दुबईको जावेलपार्कमा बनभोज तथा शुभकामना आदानप्रदानका साथै साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
बिभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद र भाग्यशाली चिट्ठा राखिने कार्यक्रममा युएईमा क्रियाशिल बिभिन्न संघसंस्था, बुद्धिजिबी, ब्यबसायी, पत्रकार, समाजसेवी लगायतलाई कार्यक्रममा सहभागी भई शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम साफल पारिदिनको लागि महासंघले सबैलाई अनुरोध सकेत गरेको छ ।