धादिङ मंसिर १७ । पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भन्दा दोस्रो चरणको निर्वाचनको प्रचार शैलि फरक देखिएका छन् । पहिलो चरणको निर्वाचनमा निर्वाचन आयोगका सुचना मात्र हालेको ठुला ब्रोसिटका पत्रपत्रिकाले दास्रो चुनावमा ठुलै धनरासी दलहरुबाट लिन सकेका छन् विज्ञापन गरेर ।
प्रचारका सबै साधनहरु प्रयोग गरि रहेका दलहरु मध्य नेपाली काँग्रेसले यन्त्र मानव समेत प्रयोग गरेको छ । गुल्मीका उम्मेदवारको आवाव फिट गरेर बनाईएको यन्त्रमानव (रोवोर्ट) रोड र समथर ठाउँमा मतदाताभएको ठाउँ सम्म गएर भोट माग्न सक्ने बनाईएको छ ।
रोबोटले गत बिहीबारदेखि गुल्मी प्रतिनिभिसभा क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीका लागि मत मागिरहेको छ ।
सदरमुका तम्घास र अन्य कालोपत्रे सडकमा मात्र रोबोट हिँड्न सक्छ । मानिसको आकार भएको रोबोट आफैं गुडेर उम्मेदवारलाई भोट माग्ने गर्छ । उम्मेदवारको आवाज रेकर्ड गरेपछि सेन्सरका आधारमा मतदातासामु गएर रोबोटले मत माग्ने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले समेत प्रकाशित गरेको छ ।