एमाले नलाङको नवमी कार्यक्रम ठाँटीमा हुने

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १२, २०७४

धादिङ आश्विन १२ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा विगत केहि वर्ष देखि माओवादी केन्द्र र एमाले बीच प्रतिस्पर्धात्मक रुपमा दशैको नवमीका दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने गर्दथ्यो ।

यस पटक माओवादी केन्द्रले कुनै कार्यक्रम राखेन र नेकपा एमाले नलाङले भने जिल्ला अध्यक्ष भुमि त्रिपाठीको साथमा राष्ट्रिय कलाकारको उपस्थितिमा भेटघाट तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

माओवादी केन्द्रले गर्ने जेष्ठ नागरीकहरुलाई सम्मान तथा भेटघाट कार्यक्रम किन ओझल पर्यो, यस विषयमा नलाङका नेताहरु बोल्न चाहेनन् तर नेकपा एमालले भने माओवादी केन्द्रले कार्यक्रम नजुधाएर राम्रो गरेको बताउँछन् ।

कार्यक्रमको बारे आफ्नो फेसबुकमा सुचना जारी गर्दै चेतनाथ सिलवाल भन्दछन्-