Suk Tamang
नमस्कार नीलकण्ठ नगरपालिका धादिङ मेयर–उपमेयर ज्यू,
खोइ कहाँसम्म पुग्यो तपाइको स्मार्ट सिटि बनाउने सपना मेयर उपमेयर ज्यू ?
आज मिति २०७४/०५/३० गतेका दिन धादिङ्बेशी सदरमुकाम नीलकण्ठ नगरपालिका स्थित बगैंचामा टारबेसी सल्यानटार आरुघाट जाने सडकको यो बेहाल छ ।
सयौं यात्रुहरु अलपत्र भएको छ बिहान ८ बजे देखि अहिले ३ बजेसम्म सबै जना भोकै छ कसैलेले पनि एक थोपा पानी समेत पिएको छैन ।
सदरमुकाम मै यस्तो बेहाल छ मेयर ज्यु, अरु ठाँउमा सडक के होला ? सचिकै धादिङ जिल्लामा सरकार छैन जस्तो छ ? नीलकण्ठ नगरपालिकामा सरकार भएको भए सदरमुकाम मै त यस्तो बिजोक सडक हुने थिएन होला ।