दैनिक मोवाइलमा कति खर्च गर्छन् नेपालीहरू ?

Avatar photo
Dhadingpost
बुधबार, साउन ११, २०७४

काठमाडौँ, साउन ११ । झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनी मध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखाएको छ ।
टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ ।

यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो । दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ । नागरिकमा खबर छ ।