राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

Avatar photo
Dhadingpost
आइतवार, असार २५, २०७४

काठमाडौं, असार २५ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो ।

राष्टपत कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ, आजको नागरिक दैनिकमा खबर छ ।