चुनाव ह्याकिङबारे ट्रम्प र पुटिन

Avatar photo
Dhadingpost
शनिबार, असार २४, २०७४

बीबीसी असार २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी ट्वेण्टी शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको छ ।
उनिहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आरोपित रुसी हस्तक्षेपबारे छलफल गरेका छन् ।
अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले दुईजनाबीच महवपूर्ण कुराकानी भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्ने प्रष्ट नभएको बताए ।
रुसी विदेश मन्त्री सेर्गेइ लावरोवले ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रुस संलग्न नरहेको भन्ने पुटिनले आश्वस्त तुल्याउन खोजेको कुरालाई ट्रम्पले स्वीकार गरेका बताए ।
बीबीसीका उत्तर अमेरिका संपादक भन्छन्- यदि लावरोवको भनाइ ठिक भए ट्रम्पले आफ्नो गुप्तचर सेवाको भन्दा पुटिनका भनाइ स्वीकार गरेका छन् ।
टिलरसेनले भने- दुई राष्ट्रपतिहरु असाध्यै छिटो एकअर्कासँग घुलमिल भए र उनीहरुबीच “सकारात्मक भावना” देखियो ।