नारायण सिलवाल
धादिङबेसी, असार २१ । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाबाट २ हजार १६२ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा १ हजार ४५९ जनाको जमानत जफत भएन भने ७०३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारहरूको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार धादिङमा ७०३ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय धादिङका सुचना अधिकारी जीवनाथ पोखरलले बताउनु भयो । नयाँ शक्ति पार्टी नेपाल धादिङका उम्मेदवारी दिएको सबै पालिका प्रमुख पदका उम्मेदवारहरुको जमानत जफत भएको पाइएको छ ।
नीलकण्ठ नगरपालिकाको ३१६ उम्मेदवार मध्य १२४ जनाको जमानत जफत
नीलकण्ठ नगरपालिकाका १२४ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुने मेयरपदका उम्मेदवारहरुः केशवराज अधिकारी नयाँ शक्ति पार्टी नेपाल, घुरनलाल चौधरी नेपाल राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, भरतबहादुर कार्की राप्रपा र अन्य ४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
धुनीबेसी नगरपालिका १७५ मध्य ३६ जनमाको जमानत जफत
धुनीबेसी नगरपालिका मेयरको लागि उम्मेदवारी दिएका सुरेन्द्र तामाङ नयाँ शक्ति पार्टी नेपाल, दिपक रुपाखेती राप्रपा र स्वतन्त्र उम्मेदवार १ जनाको जमानत जफत भएको छ ।
खनियाँबासमा ३७ उम्मेदवारको जमानत जफत
११७ जना उम्मेदवारी रहेको खनियाबास गाउँपालिकामा ३७ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रमुख पदमा उम्मेदवारी दिई जमानत जफत हुनेमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जलबहादुर तामाङ र लोकबहादुर तामाङ रहेका छन् ।
गंगाजमुना गाउँपालिकामा ३९ जनाको जमानत जफत
गंगाजमुनाबाट ३९ जनाको जमानत जफत भएको छ । १२८ जना उम्मेदवार रहेको यस गाउँपालिमा प्रमुख पदका उम्मेदवारहरु स्वतन्त्रबाट राममय रुवाली र राप्रपाका रामकुमार भट्टको जमानत नै जफत भयो ।
गजुरी गाउँपालिकामा २०० उम्मेदवार मध्य ८३ जनाको जफत
८३ जनाको जमानत जफत भएको गजुरी गाउँपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दिने दिनेश भण्डारी नयाँ शक्ति पार्टी नेपाल, सौरवजंग अधिकारी माले, जितबहादुर भण्डारी राप्रपा अन्य २ जना स्वतन्त्र उम्मेदवारहरु छन् ।
गल्छी गाउँपालिकामा ५३ जनाको जमानत
५३ जनाको जमानत जफत भएको गल्छी गाउँपालिकामा माओवादी केन्द्रको धरौटी जफत भएको छ उनले उम्मेदवारी दिए पनि अन्तिममा नेपाली काँग्रेसका उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेको थियो । यस्तै अर्का प्रमुख पदका उम्मेदवार नकुल थापा नयाँ शक्ति नेपाल, प्रेमबहादुर अधिकारी राप्रपा र अन्य स्वतन्त्र ४ जना को जमानत जफत भएको छ । यस पालिकामा जम्म १४८ जना उम्मेदवार थिए ।
ज्वालामुखिमा ५० जनाको जमानत जफत
१४५ जना उम्मेदवार रहेको यस गाउँपालिका प्रमुखको उम्मेदवारहरु गोपाल तिवारी नयाँ शक्ति पार्टी नेपाल, टंकबहादुर अधिकारी राप्रपा र १ स्वतन्त्र गरी ५० जनाको जमानत जफत भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका ५६ जनाको जमानत जफत
१५६ जना उम्मेदवार रहेको यस पालिकामा गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु हरिप्रसाद धरेल नयाँ शक्ति पार्टी नेपाल, विष्णुबहादुर खड्का राप्रपा अन्य १ स्वतन्त्र गरी ५६ जना उम्मेदवारहरुको जमानत जफत भएको छ ।
थाँक्रे गाउँपालिकाको १८७ जना उम्मेदवारमध्य ६९ को जफत
थाँक्रेमा ६९ जनाको धरौटी जफत भएको छ । धरौटी जफत हुने गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु सेती मायाँ तामाङ नयाँ शक्ति पार्टी नेपाल, विमल लामा राप्रपा, कान्छा तामाङ माले र अन्य ३ जना स्वतन्त्र उम्मेदवारहरु छन् ।
नेत्रावतीमा १२० जना उम्मेदवार मध्य ३१ जनाको जमानत जफत
नेत्रवाती गाउँपालिकाबाट १२० जना उम्मेदवारहरु रहेतापनि ३१ जनाको जमानत जफत भएको छ । जसमा गाउँपलिका प्रमुख पदको लागि उम्मेदवारी दिने टेकबहादुर तामाङ नयाँ शक्ति पार्टी नेपाल, बोसबहादुर तामाङ राप्रपाको जमानत जफत भएको छ ।
बेनिघाट रोराङ २०४ उम्मेदवार मध्य ६६ जनाको जफत
बेनिघाट रोराङ गाउँपालिबाट २०४ जनाको उम्मेदवारी रहेको थियो जसमा ६६ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जमानत जफत हुने गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु शालिकराम सिलवाल राप्रपा, राजु बराकोटी संघीय समाजवादी फोरम नेपाल लगायत अन्य स्वतन्त्र ५ जना उम्मेदवारहरु रहेका छन् ।
रुबी भ्यालीमा २५ जनाको जमानत जफत
उत्तरी धादिङको पर्यटन क्षेत्रका रुपमा परिचय बनाउँदै गरेको रुबीभ्यालीमा १६३ जना उम्मेदवार मध्य २५ जनाको जमानत जफत भएको छ । जमानत जफत हुने गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु इमान तामाङ नयाँ शक्ति पार्टी नेपाल र प्रमिला तामाङ समाजवादी जनता पार्टी रहेका छन् ।
१३७ जना उम्मेदवारी रहेको सिद्धलेकमा ३४ जनाको धरौटी जफत
नेकपा एमालेले आफ्नो लाल किल्लाको रुपमा परिणत बनाएको सिद्धलेक गाउँपालिमा १३७ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । जसमा ३४ जना उम्मेदवारहरुले जमानत नै जफत हुने गरि पराजित भएका छन् । जमानत जफत हुने गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु मेघराज नहर्की राप्रपा र शंकर सिलवल स्वन्तन्त्र रहेका छन् ।
जमानत जफत नभएका उम्मेदवारको पुरा नाम लिस्टको लागि तल दिएको लिङ्कमा क्लिक गर्नु होला ।
जमानत जफत नभएका उम्मेदवारहरु
जमानत जफत भएका उम्मेदवारको पुरा नाम लिस्टको लागि तल दिएको लिङ्कमा क्लिक गर्नु होला ।
जमानत जफत भएका उम्मेदवारहरु