काठमाडौं, जेठ ३१ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल गरेको छन् ।
मंगलबार साँझ प्रमुख प्रतिपक्षी दलसहित सत्तारुढ दलको वैठकमा राजपालाई निर्वाचनमा सहभागी गराउन कुन कुन विषयमा सहमति हुन सक्छ भन्ने सन्दर्भमा छलफल भएको छ ।
राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक कामका लागि निर्वाचनको मिति सार्न सकिने विषय सत्तापक्षले वैठकमा प्रस्ताव राखेको थियो ।
एमाले अध्यक्ष केपी ओलीले राजपाले लिखित प्रतिवद्धता जनाएमात्र निर्वाचनको मिति सार्न सकिनेतर्फ सोच्न सक्ने बताएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।