नीलकण्ठको मेयरमा भिम ढुङ्गाना विजयी नजिक

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ५, २०७४

धादिङबेसी जेष्ठ ५ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका भिम ढुङ्गाना विजयी नजिक पुगेका छन् ।

त्यस्तै उपमेयर पदमा माओवादी केन्द्रका मनराज भण्डारीको मत पनि बलियो हुँदै गएको छ । नीलकण्ठ वर्डा ३ को मत गन्न बाँकी छँदै ढुङ्गाना विजयी नजिक पुगि सकेका छन् । यस्तै मेयर र उप मेयरमा साझे दारी गरेका नेपाली काँग्रेस र माओवादी केन्द्र दुबैका उम्मेदवार ढुङ्गाना र भण्डारी विजयी हुने लगभग पक्का पक्की भएको बताइएको छ ।

अहिले सम्म भिम ढुङ्गाना १० हजार ५४२ मत छन् भने प्रतिस्पर्धी अर्जुन गोरखालीले ६ हजार ०१९ मत ल्याएका छन् । यस्तै उपमेयर पदका लागि माओवादी केन्द्रका मनराज भण्डारीले ८ हजार २०२ र प्रतिस्पर्धी एमाले उम्मेदवार ६ हजार ३१५ मत प्राप्त गरेका छन् । नीलकण्ठ वर्डा ३ पनि नेपाली काँग्रेसको बलियो वार्डका रुपमा परिचित छ ।