नेत्रावती १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १, २०७४

धादिङ जेष्ठ १ । नेत्रावती गाउँपालिकाको वडा १ को मतगणना सकिए सँगै माओवादी केन्द्रले विजयको सुरुवात गरेको छ । नेत्रावती वडा नं. १ का माओवादी केन्द्रका प्रमुख उम्मेदवार चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् । पल्लीमगरले एमालेका उम्मेदवार उत्तम अधिकारीलाई पराजीत गरेका थिए ।

धादिङपोष्ट प्रतिनीधिका अनुसार नेत्रावतीको १ को मतगणामा याप्चे हानिएको, सिरानबाट पुछार सम्म छाप लगाएको, हँसिया र तारामा भोट हालिएको, क्रस भोटिङमा एकै पदमा तीन जनालाई नै भोट दिएको मतपत्रहरु फेला परेको बताए ।

जिल्लाका अधिकाँश मतगणना विहान ७ बजे बाट सुरु हुने बताइए पनि धुनीबेसी नगरपालिका बजे, गजुरी र नेत्रावतीमा भने ३ बजेबाटै मतगणा सुरुभएको हो ।

धुनिबेसी नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना भईरहेको छ । बिहान २ बजे देखिसुरु भएको मतगणनामा प्रत्येक वडाको एक, एक सय सम्मको मतलाई आधार मान्दा प्रमुख तिन राजनैतिक दल बीच प्रतिष्पर्धा देखिएको छ ।