काठमाडौं, वैशाख १५ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको एमाले गठबन्धनले पनि संशोधन हाल्ने बैठकले संविधान संशोधनको विपक्षमा संशोधन हाल्ने निर्णय गरेको छ ।
संशोधन हाल्ने ७२ घन्टे समयभित्र गठबन्धनका तर्फबाट छुट्टै संशोधन हाल्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘आफ्नो अडान स्पष्ट पार्न हामीले संशोधन हाल्ने निष्कर्ष निकालेका छौँ,’ नेम्वाङले भने, ‘यसका लागि शुक्रबार थप गृहकार्य हुनेछ ।’
सरकारले विधेयकमा परिवर्तन गर्न खोजेको सीमांकन हेरफेर, भाषा, नागरिकता, स्थानीय तहको अधिकारलगायतका सबै विषयमा संशोधन हाल्ने विपक्षीको तयारी छ । यसअघि एमाले स्थायी समिति बैठकले संशोधन विधेयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । अाजको नयाँ पत्रिकामा खबर छ ।