६० प्रतिशत नेपालीमा छ, नसर्ने रोग

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १४, २०७४

धादिङ बैशाख १४ । धादिङबेसीमा आयोजित नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा ६० प्रतिशत नेपालमाहरु नसर्ने रोगबाट प्रभावित भएको बताइएको छ ।

हर्ड इन्टरनेशनल नेपाल धादिङको आयोजना र जिल्ला स्वास्थ्य कार्यलयको सहकार्यमामा संचालित पत्रकारहरु सँग अन्तरक्रिया गर्दै स्वस्थ्य कार्यालय धादिङका विष्णु रिजालले यो तथ्याङका सार्वजनिक गर्नुभएको हो ।

खानपिनमा मात्र ध्यान दिने हो भने पनि ९० प्रतिशन नसर्ने रोगबाट बच्न सकिने समेत उहाँले बताउनु भएको थियो ।

मानव शरिरमा नसर्ने रोगहरु क्यान्सर, मुटु तथा रक्तनली सम्वन्धी रोगहरु , दिर्ग श्वाशप्रश्वास र मधुमेह जस्ता रोगहरु रहेको कार्यक्रममा वताईएको छ . । कार्यक्रममा नसर्ने रोगका जोखीम तत्वहरु र विशेषगरी मधुमेह भएका मानिसले अपनाउनुपर्ने सावधानी तथा उपचारको विषयमा छलफल भएको थियो ।