विकल लामा,
धादिङ । धादिङ जिल्ला दार्खा भोक्टेनीमा जन्मेका दिल कुमार पंचथेनलाई अहिले मोडलिङ क्षेत्रमा भ्याई नभ्याई छ ।
धादिङको दुर्गम गाउँ दार्खामा जन्मेर पनि मोडलिङमा राम्रो छवि बनाउँदै गरेका उनलाई यस क्षेत्रमा आकर्षित गर्न उनको परिवारले पूर्ण सहयोग गरेका उनी बताउँछन् ।
धादिङका यी व्यस्त मोडलिङ र डिरेक्शनमा एकै पटकै चम्किन थालेका पंचथेन, ०६३ साल देखि पोखरा बसेर पाढाइलाई निरन्तरता दिँदै मेहेन्दो मायाँ मार्फत मोडलिङ क्षेत्रमा प्रवेस गरेका हुन् ।
कला क्षेत्रमा प्रवेस र पाएको सफलता आफ्नो भविस्य र खुसी रहेका बताउन बताउछन् उनी ।
उनले तामाङ भाषका गितमा मात्र मोडलिङ गरेका छैनन् । चर्चित गायक प्रमोद खरेल, शिव परियार, जि. पुन, बसन्ती राई लगायतका नेपाली आधुनिक गितहरुमा समेत उनले दमदार मोडलिङ यो गरेका छन् ।
यो पछिल्लो पटक दिलकुमारले एकै पटक १२ वटा गितहरुमा एकै पटक मोडलिङ र डिरेक्शन गरिरहेका छन् । यसरी एकै पटक १२ वटा गितमा डिरेक्शन गर्ने क्रममा एकै दिनमा ५ वटा गित प्ले गरेका छन् । १२ वटा गितको सुटिङ नसकिँदै अन्य १० वटा गितको समेत सुटिङ बुकिङ भैसकेको छ, कामको अत्याधिक चाप छ समय व्यवस्थापनमा निकै कठिन भैरहेको बताउँछन् उनी ।