धादिङका लागि मत पत्र यस्तो हुन्छ

Avatar photo
Dhadingpost
बैशाख १०, २०७४

धादिङ बैशाख १० गते । निर्वाचन आयोगले जिल्ला गत रुपमा नमुना मतपत्र सर्वजनिक गरेको छ । धादिङका मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरे सँगै निर्वाचन आयोगले नमुना मत पत्र सार्वजनिक गरेको हो । धादिङमा २ नगरपालिका र ११ गाउँपालिका भित्र पर्ने गरि १सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र रहने भएको छ । कुल २ लाख ०६ हजार ०२ मतदाता रहेको धादिङ जिल्लामा १६ वटा दलहरु दर्ता भएका छन् ।

धादिङका दर्ता भएका दलहरु

१. नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)
२. नेपाल कम्युनिष्ट पार्टी (माले)
३. नेपाली काँगे्रस
४. राष्ट्रिय प्रजातन्त्र पार्टी
५. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी)
६. जनजागरण पार्टी नेपाल
७. नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी
८. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
९. नयाँ शक्ति पार्टी, नेपाल
१०. देशभक्त पर्यावरणीय समाजिक मोर्चा ( देपसा)
११. राष्ट्रिय शिवसेना पार्टी
१२. विवेकशील नेपाली दल
१३. नेपाल समावेशी पार्टी
१४. गान्धिवादी पार्टी नेपाल
१५. हाम्रो पार्टी
१६ शान्ति पार्टी नेपाल