गाउँमा कम्प्युटर शिक्षा अभियानद्धारा चेपाङ बालबालिकालाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ९, २०७४

काठमाडौ, वैशाख ९ । गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले चेपाङ बालबालिकको शैक्षिक विकासका लागि रु २५ हजार आर्थिक सहयोग गरेको छ ।
गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका महासचिब कुमार धमला, कोषाध्यक्ष दिपक ढकाल, बोर्ड सदस्य नवराज बोहरा र आजिबन सदस्य राजकुमार ढकालले यही वैशाख ७ गते सम्सरा रिसोर्ट ठमेलमा एक कार्यक्रमका वीच संयुक्त रुपमा उक्त रकम आधुनिक युगमा पनि जंगली जिबन बिताई रहेका चेपाङहरुको जीवनस्तर उकास्न धेरै लामो समय देखी चितवान जिल्लाको काँन्धा (लोथर)मा संघर्ष गर्दै देशका बिभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहेको लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमलाई हस्तान्तरण गरेको हो

18073415_1897197457162070_634732564_n
कार्यक्रममा बोल्दै महासचिव धमलाले “नेपालको दिगो बिकास र नेपाली जनतालाई सफल, सक्षम र आत्मा निर्भर बनाउन पुरानो शैक्षिक पद्धतिलाई परिमार्जित गर्दै २१ औ शताब्दी अनुरुप डिजिटल पद्धतिमा ढाल्नु पर्छ भन्ने उद्धेश्यका साथ स्थापना भएको यस अभियानले देशको ७५ वटै जिल्लामा पिछडिएका विद्यार्थी भाइबहिनीहरुलाई कम्प्युटर शिक्षा र ई–लाइब्रेरीको संचालन र व्यबस्थापन गर्दै आइरहेका बताएका थिए ।
साथै उक्त अभियानले कम्पप्युटर शिक्षा र ई–लाइब्रेरीको साथसाथै गरिब विद्यार्थीहरुलाई छात्रवृति, शिक्षकहरुलाई पोषक टिचिङ एक्सचेन्ज, भुकम्प राष्ट्रिय आविष्कार केन्द्र, अटिजम बालबालिका केन्द्र जस्ता संस्थाहरुलाई समेत सहयोग गर्दै आइरहेको संस्थाका अध्यक्ष भुवन गुरुङले बताए ।