विदेश गएका ४० लाख युवालाई स्वदेश फर्काउन सक्छौं

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २, २०७४

ram-ghaleदेशमा लगानि मैत्री वातावरण सृजना नहुँदा लगालिकर्ताले लगानि गर्न सक्ने अवस्था छैन् । व्यवसायमा लगानि नहुदा देशले वेरोजगारीको मार खेप्नु परेको छ ।  देशमा नै लगानि गरि रोजगारीको वातावरण सृजना भयो भने रोजगारीको लागि बाहिरी मुलुक जानु पर्न बाध्यता पनि कम हुन्छ । साथै अबका केहि वर्षमा देशको मुहार नै फेरिन्छ । युवा व्यवसायी राम बहादुर घले सँग कुराकानी ।

नेपालको विकास किन र के कारणले पछि प¥यो हो ?

नेपालको अहिलेको अवस्थामा पछि पर्नुका कारण राजनितिक अस्थिरता र राम्रो नेतृत्व नहुनुे हो  ।

नेपालको विकास र समृद्धिको लागि के गर्नपर्छ ?

नेपालको विकास गर्ने नै हो भने सर्व प्रथम राजनितिक अस्थिरता रोक्नु पर्छ । देशमा कम्तिमा पनि पाँच वर्ष सम्म चल्ने सरकार हुनुपर्दछ । साथै नेपालमा भएका कृषि, पर्यटन, जलविद्युत उद्योगमा व्यवसायी एकबद्ध भएर लगानि गर्ने र त्यस बाट रोजगार बढाउन सकियो भने पनि नेपालको विकास हुन्छ । रोजगार दिन सकियो भने युवा विदेश जानु पर्दैन् । देशमा लगानिको वातावरण सृजना भएर यसो गर्न सकियो भने अबको पाँच देखि दश वर्षमा धेरै परिवर्तन आउन सक्छ ।

नेपालले कुन क्षेत्रमा ध्यान दिदा आर्थिक तथा विकासमा फड्को मार्न सक्छ ?

यदि छोटो समयमा आर्थिक उपलव्धि र विकास आसिल गर्नु छ भने कृषि, जलविद्युत र पर्यटनको क्षेत्रमा जोड दिदै लगानि मैत्रि वातावरण सृजना गनुपर्दछ । अनि मात्र आर्थिक र विकासको क्षेत्रमा धेरै उपलब्धी हासील गर्न सकिन्छ ।

कस्तो विकास गर्न सकिन्छ ?

राजनितिले स्थिरता पाउने हो भने लगानि मैत्रि वातावरणको सृजना हुन्छ । त्यसपछि हामीले लगभग १० वर्षमा विदेश गएका ४० लाख युवालाई स्वदेश फर्काउन सक्छौं । देशका अहिले लोडसेडिङको अन्त्य भइसकेको छ । त्यसैले अव जलविद्युतमा लगानि गरेर मुनाफा लिन सक्ने समय आएको छ । धेरै विद्युत उत्पादन गरेर जनतालाई कम महसुलमा उपलव्ध गराउन सकिन्छ । कृषि क्षेत्रको कुरा गर्ने हो भने खेती लगाउँदा गोरुको प्रपोग गर्ने ठाउँमा विद्युतिय मेसिन प्रयोग गर्न सकिन्छ । साथै नेपालमा विदेशबाट आउने सामान सङख्यात्मक रुपमा कम गरी नेपालमा नै उत्पादन बढाउन सकिन्छ । यो अन्तरवार्ता मालपोत खवरबाट लिइएको हो ।