६ मधेसी दल एक हुँदै

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३१, २०७३

madhes

काठमाडौं, चैत  ३१ । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ। तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवतः वैशाखभित्रै एकता हुनेछ।

पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ। संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच गृहकार्य भइरहेको जनाए ।

‘हिजोमौ मधेसबाट फर्कें, म उता भएका बेला पनि एकतासम्बन्धी प्रस्तावित डकुमेन्टहरु इमेलमा पठाउने र त्यसबारे एकअर्काको प्रतिक्रिया माग्ने काम चलिरहेको थियो, हामी अब यसलाई अझै गति दिएर छलफल गर्दैछौं,’ उनले भने, ‘मोर्चाका घटकबीच पार्टी उकता गर्न मधेसी जनताको दबाब छ, किनकी हाम्रो एजेण्डा र इस्यु एउटै छ ।’ आजको कान्तिपुरमा खबर छ ।