सिंहदरबारभित्र थुनिएको अधिकार जनताको घर–आँगनमा

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १६, २०७३

तोकिएको समयमा नै चुनाव हुन्छ त ?

  • नेपालको संविधान २०७२ ले २०७३ माघ भित्र स्थानीय तह, प्रादेशिक तह र केन्द्रको निर्वाचन गरि सक्नुपर्ने वाध्यात्मक अवस्थाको व्यवस्था गरेको छ, भने सर्वोच्च अदालतले सरकार सँग ३ तहको निर्वाचनको कार्यतालिका माग गरि सकेको छ ।
    निर्वाचन आयोगले निर्वाचनको तयारी घनिधुत किसिमले गरिरहेको छ । स्थानीय तहको निर्वाचनको कार्यतालिका पनि आइसकेको छ यस अर्थमा पनि निर्वाचन हुनेमा कुनै कतै आशङ्का गर्र्नु आवश्यक छैन । दोस्रोे कारण भनेको हामीलाई संविधान कार्यान्वयन गर्नु छ, संविधानको कार्यान्वयन भएन भने देशको अवस्था के होला ? नेपाली जनताले प्राप्त गरेको यत्रो अधिकार त्यसै खेर जाने छ । परिवर्तन नचाहने केहि तत्वले टाउको उठाउँदै छन् । प्राप्त उपलब्धीको रक्षा गर्दै नयाँ सत्ता संस्थागत गर्न चुनाव मात्र एउटा विकल्प हो । तसर्थ तोकिएको समयमा चुनाव हुन्छ यसमा अव आशङ्का गरिरहुनु पर्दैन ।

माओवादि केन्द्र धादिङको चुनावी अभियानको स्थिति के छ ?

  • नेकपा (माओवादी केन्द्र) धादिङले, “विकास, समवृद्धि र नयाँ सत्ता संस्थागत” !
    “स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई बहुमत” भन्ने नाराका साथ अहिले सबै गाउँपालिकाहरुको वडा सम्मेलन, गाउँपालिकाको सम्मेलन, नगर र सम्मेलन साथै जवसमोर्चाहरुको संगठन निर्माण अभियामा जुटेका छ । जनतको जनलहर हाम्रो पार्टी प्रति रहेको छ, हामी अब केहि दिन मै चुनाव प्रचार–प्रसारका कार्यक्रमहरु सार्वजनिक गर्दछौ ।

जनलहरको कुरा गर्नु भो, माओवादी केन्द्र धादिङले जित्ने आधार के हो ?

  • स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जित्ने मुख्य २ वटा कारण छन् । पहिलो जनयुद्धको सुरुवात गर्दा हाम्रो पार्टीले मुख्य २ वटा कुराहरु उठाएको हो, नेपालमा राजाको नेतृत्वतमा रहेको एकात्मक सामन्ती राज्यव्यवस्था नेपाली समाज अनुरुप भएन राजतन्त्रात्मक व्यवस्थाले वर्गिय, जातिय, क्षेत्रिय, लैंगिक र उत्पिडन गर्यो । राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएर नेपाली समाजको अभिव्यक्त गर्ने किसिमको संघीय लोक तान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थाको स्थापना, राज्य सत्ताको नीति निमार्णको तहका सबै वर्ग, क्षेत्र, जात र लिङ्गको समानुपातिक समाबेसी प्रतिनीधित्व हुनुपर्दछ । दोस्रो नयाँ राज्य व्यवस्थामा सिंहदरवारको चौघेरा भित्र थुनिएको जनताको अधिकार जनताको घर–आँगनमा पुग्नु पर्दछ । नयाँ संविधान ०७२ ले संघीय व्यवस्था र स्थानिय तह मार्फत जनताको अधिकार घर दैलोमा पुगेको छ । हामीले जनयुद्ध मार्फत उठाएको कुारा पुरा भएको छ । जनताको यो अधिकार प्राप्तिका लागि सबै भन्दा बढी लडेको र त्याग, तपस्या र वलिदान गरेको पार्टी माओवादी केन्द्र हो ।
    त्यसैले स्थानिय तहको निर्वाचनमा जनताले माओवादी केन्द्र रोज्नेमा हामी ढुक्क छौ । अर्को कुरा हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले भुकम्पपिडितलाई दिने अनुदानमा थप गर्यो, देश लोडसेडिङ मुक्त भयो, विकास निर्माणको कामले गति लियो, विकास र समृद्धिको नारा हाम्रो पार्टी सँग छ । त्यसैले स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जित्छ ।

तपाइको भने जस्तै जनताले भोट हाल्छन् भन्ने छ ?

  • जनताले भोट हाल्नलाई आधार खोज्छन, माथि मैले बताएको कारण भनेको यो मैले मात्र भनेको होइन, जनताको आवाज हो । संविधान घोषणा पश्चात स्पष्ट राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको एजेण्डा नेकपा (माओवादी केन्द्र) सँग छ । वर्तमान संविधानको कार्यान्वयन गर्दै प्राप्त उपलब्धीको रक्षा गर्ने र बाँकी अधिकारको लागि समाजवादी क्रान्ति मार्फत अगाडी बढ्ने । अन्य पार्टीहरुको अब कहाँ जाने, अबको राजनैतिक कार्यदिशा के हो ? भन्ने स्पष्ट छैन । तसर्थ जनताले हाम्रो पार्टीको चुनाव चिन्हमा भोट हाल्छन् ।

उम्मेदवारहरुको आकाँक्षी धेरै देखिए, टुंगो लगाउन हम्मे हम्मे पर्ला बागी उठे के गर्नु हुन्छ ?

  • स्थानिय तहको निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले आधार तय गरेको छ । वडा पालिकाको कमिटिको वैठक बसेर वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको सिफारिस गर्दछ । त्यसको अनुमोदन जिल्ला समितिले गर्दछ । गाउँपालिका र नगरपालिकाको वैठकले सिफारिस गरेको उम्मेदवारहरुको अनुमोदन प्रदेश कमिटिले गर्दछ । अहिले पार्टीले त्याग, तपस्या, निरन्तरता, इमान्दारीतालाई आधार मान्दै सबै किसिमले प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई उठाउने र सबै एक भएर चुनाव जिताउने पार्टीको उद्धेश्य रहेको छ । जो उठेपनि पार्टी उठ्ने हो । व्यक्तिले जित्ने होइन पार्टीले जित्ने हो । उम्मेदवार छान्दा तल्ला कमिटिलाई पूर्ण जनवाद दिइएको छ । प्राप्त जनवादका आधारमा छानिएका उम्मेदवार विरुद्ध कोही वागी उठे, असहयोग गरेको पाइएमा पार्टीले कसैलाई छुट दिने छैन ।

माओवादी केन्द्र र काँग्रेस बीच तालमेल हुने भन्ने हल्ला छ नि ?

  • स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस सँग तालमेल गर्ने भन्ने हल्ला त्यति सत्य जस्तो लाग्दैन । स्थानिय तहको निर्वाचनमा तालमेल गर्ने कुरा हामीले जिल्लाबाट मात्र निर्णय गर्न सक्देनौं । यसको निम्ति केन्द्रको स्पष्ट नीति आवश्यक पर्दछ । भोलि केन्द्रबाट त्यस्तो नीति आयो भने कुन पार्टी सँग तालमेल गर्दा पार्टीलाई सहयोग पुग्छ, पार्टीले चुनाव जित्छ, जिल्ला पार्टीको आवश्यकता के हो रु भन्ने कुरामा छलफल हुनेछ । तर अहिले हामी आफ्नै तयारीमा छौं ।
    साङ्गठानिक आधारमा हेर्दा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी हुन् । साङ्गठानिक आधारमा हेर्दा धादिङमा हामी एक्लै लड्दा पनि स्पष्ट बहुमत ल्याउने आधार हाम्रो पार्टीले तय गरेको छ । यो अवस्थामा हामीले तालमेलको बहस कुनै पार्टी सँग गरेका छैनौ । केन्द्रको त्यस्तो कुनै निर्णय आयो भने फरक कुरा हो ।