धादिङ चैत्र १३ सुनौलाबजार । नीलकण्ठ नगरपालिका सुनौलाबजारमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
निलकण्ठ नगरपालिका र पशुसेवा केन्द्रको संयुक्त आयोजना तथा मिड ल्याण्ड एजुकेशनल ट्ेक्नीकल एकेडेमीको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरबाट १ सय ५ जना कृषक लाभग्राहि भएका छन्, भने १ हजार २ सय ६२ वटा पशुको जाँच गरिएको थियो ।
शिविरमा गोवर ग्याँस सेवा, निशुल्क औषधि वितरण सेवा, पशु बन्ध्याकरण सेवा, पशु उपचार , खोप सेवा उपलब्ध रहेको थियो ।
शिविरमा पशु विमा सम्बन्धि परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । प्राविधिकहरु कृष्ण विक, श्याममाया तामाङ , विजिता तामाङ, सिता विक लगायत ८ जना प्राविधिकले सेवा प्रदान गरेका थिए ।
शिविरमा निलकण्ठ नगरपालिका वडा नं ७ का सचिव टिकाराम अधिकारी, पशुसेवा केन्द्र प्रमुख रामकाजि पौडेलको सहभागिता रहेको थियो ।