काठमाडौं चैत्र ८ । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्रपाप्त भूपूगोर्खा सैनिकलाई पेन्सनको रुपमा उपलब्ध गराएको छ ।
यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो ।
भारत सरकारले पेन्सनका लागि छुट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवा सुविधा समेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेट भन्दा झन्डै दुई गुणा बढी हुन आउँछ ।
सन् २०१६÷१७ मा नेपालको कुल रक्षाबजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपू गोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्टाएको देखिन्छ । भारतले थोरै मात्र भूपू सैनिकलाई चेकमार्फत रकम उपलब्ध गराउँछ, बाँकीलाई विभिन्न क्याम्प र कार्यलयमार्फत रकम उपलब्ध गराउँदै आएको छ ।
भारतको बढ्दो सैनिक सञ्जालले नेपालभित्रको सूचना संकलन गर्ने काम गरेको आरोप लाग्न थालेको छ । आजको नागरिक दैनिकमा खबर छ ।