चैत महिनामा हुन सक्ने सम्भावित विपदबारे जानौ

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ५, २०७३

धादिङ चैत्र ५ । चैत्र महिनालाई हामी चैत महिना पनि भन्ने गछौं यो महिनालाई मौषम परिवर्तन हुने महिनाको रुपमा हेरिन्छ ।

आज हामी चैत्र महिनामा हुन सक्ने विपदबारे खोज्ने प्रयत्न गरेका छौं र हुन सक्ने विपद र सावधानीका विषयमा बुझ्न र होसियारी रहन साथै सावधानी बन्न पनि हामी अनुरोध गर्दछौं ।

चैत्र महिनालाई हामी हावाहुरीको महिनाका रुपमा चिन्दछौं, हामीले धेरै पहिले देखि सुन्दै आएको आगोको प्रयोग होसियारीका साथ बेलैमा होस नपुर्याए हुन सक्छ उठिबास  नारालाई हामीले विर्षनु हुन्न । चट्याङ्ले पछिल्लो समय मानविय क्षति हुँदै आएको छ यसतर्फ पनि हामीले ध्यान दिन आवस्यक छ ।

अधिकाशँ मानिसहरुलाई रुघाखोकी ज्वरो जस्ता समस्याले पनि यहि महिना ग्रस्त पार्ने गर्दछ । यो समय आफ्नो स्वस्थ्यलाई अत्यन्त ख्याल गर्नुपर्ने समय हो । कति खेर बादल लाग्ने र पानीको साथमा असिना पर्ने ठेगान नहुने हुँदा सकभर घरबाट टाढा जानु हुँदैन तर जानै पर्ने भयो भने सावधानी अपनाउन अत्यन्त आवस्यक छ ।

भुकम्प पछि आफु कस्तो निवासमा बसी रहेका छौं, हाम्रा बासस्थान कति सुरक्षित छ, ख्याल गर्ने गरौं ।

जानौ यो महिनामा हुन सक्ने जोखिम

१. आगोजन्य वस्तुहरुः सलाई, लाइटर, पेट्रोलियम पदार्थ सुरक्षित स्थानमा राखौं ।
२. खाना पकाइ सकेपछि आगो निभाऔं
३. हुरीबतास चलेको बेला घरबाहिर ननिस्किऔं, यदि बाहिर रहेको अवस्थामा खुल्ला समथर ठाउँमा बसौं रुख, विद्युत, ढुङ्गाको ओत लागेर नबसौं ।
५. झ्याल ढोका राम्रो सँग लगाउने गरौं ।
६. पानी उमालेर मात्र पिउने गरौं ।
७. घर बाहिर जाँदा निस्कने समय र आउने समय घर परिवार सँग छलफल गर्ने गरौं ।
८. गाउँघरका कतिपय ठाउँहरुमा काठको पोल प्रयोग गरि बिजुली बत्ति बालिएको छ हावा हुरीले गर्दा जोखिम बड्ने बढी सम्भावना रहेको तर्फ ख्याल गरौं ।

आफुपनि नोट गरौ अरुलाई पनि नोट गर्न लगाऔं ।

१. नजिकको दमकलको फोन नम्बर
२. नजिकको स्वास्थ्य संस्थाको फोन नम्बर
४. नजिकको प्रहरी कार्यालयको फोन नम्बर
५. नजिकका दलका नेता, सामाजिक कार्यकर्ताहरुको फोन नम्बर