धादिङ चैत्र १ । नेपाली कम्यूनिष्टहरु पार्टीहरु त्यसमा पनि माओवादी पार्टी नेतृत्व गर्नेहरु गित संगितलाई एक भरपर्दो माध्यामका रुपमा प्रयोग गर्दै आएका छन् ।
हजार भाषणले छुन नसकेका मनहरु गित संगितका १ शब्द र संचारका एकहरप काफी रहेको जिउँदा सहिदका रुपमा चिनिदै आएका माओवादी केन्द्र धादिङ जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारी बताउनु हुन्छ । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालले नविन खड्काको स्वरमा बजारमा ल्याएको यस गित यथार्त परक रहेको भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
नविन पछिल्लो पुस्ताका तर आन्दोलनका लोक गायक हुन् उनका गितहरु बजारमा चर्चापाउने गरेका बताउदै भण्डारीले म पनि माओवादी गितले थप चर्चामा आउने बताउनु भयो । नविन खड्का र टिका पुन दुबै स्वरका धनी हुन्, दुबैको लोक लयमा आएको म पनि माओवादी भन्ने म्यूजिक भिडियो भर्खरै बजारमा आएको छ र यसलाई माओवादी केन्द्रले आफ्ना चुनावी कार्यक्रम, साङ्गितिक कार्यक्रममा समेत प्रस्तुत् गर्दै आएको छ । चानचुनेत हैन माओवादी, गणतन्त्र देशमा ल्यायो रगत साँटी, त्यसैले त म माओवादी जस्ता शब्दहरु गितमा समावेस गरिएको छ ।
नविन खड्को शब्द तीलक वलीको कम्पोज रहेको यस म्यूजिक भिडियोको सम्पादन दिपक विष्टले गर्नुभएको छ भने बजारमा अक्सिजन मिडियाले बजारमा ल्याएको हो ।
कस्तो छ त म्यूजिक भिडियो