धादिङ फागुन २६ । धादिङ स्वास्थ्य समाजले प्रेस विज्ञप्ती जारी गर्दै भारतीय ज्यादती भन्दै भत्सर्ना गरको छ ।
धादिङ स्वास्थ्य समाज धादिङका महा सचिव डा. रामथापा क्षेत्रिले प्रेस विज्ञप्ती जारी गर्दै कंचनपुर जिल्लाको नेपाल-भारत सिमा नजिकको गाउँमा कल्भरट निर्माणको क्रममा भारतीय सिमा सुरक्षा बलको गोलि प्रहारबाट २५ बर्षिय नेपाली युवक गोबिन्द गौतमको मृत्यु भएकोमा धादिङ स्वास्थ्य समाज घोर भत्सर्ना गर्दछ भन्नु भएको छ ।
विज्ञप्तीमा नेपाली भुमिमा अनधिकृत रुपमा पसेर नेपाली जनता माथी गोलि चलाउनु अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन भएको भन्दै, यस खालको चरम हेपाहा प्रवृत्ति प्रति राज्य मौन बस्नु आपत्तिजनक रहेको बताईएको छ ।
सीमा रक्षार्थ आफ्नो प्राण आहुती दिने वीर सपूत गोबिन्द गौतम प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै तत्काल सहिद घोषणा गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ । साथै पटक पटक भैरहेको ज्यादती रोक्न नेपालका सबै सिमानामा पर्खाल लगाइ नेपाली सेना परिचालन गर्न नेपाल सरकार समक्ष माग गर्दछौं समेत विज्ञप्तमिा भनिएको छ ।