महिनावारी हुँदा विद्यालय नै जाँदैनन् किशोरीहरु

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७३

बाबुराम श्रेष्ठ,
धादिङ फागुन २४ । धादिङबेसीमा आयोजित एक कार्यक्रममा नीलकण्ठ उच्च माध्यामिक विद्यालयकी एक छात्राले महिनावार विद्यालय नजाने गरेको बताएकी छिन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजना र जि.आई. जेडको सहयोगमा संचालित किशोर/किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा महिनावारी हुँदा विद्यालयमा प्याड र पानीको समस्याले गर्दा विद्यालय नै छाड्नु परेको ति छात्राले बताइएकी हुन् ।

किशोर/किशोरी स्वास्थ्य र विकास तथा महिनावारी संग सम्बन्धित शारिरीक, माानसिक, सामाजिक तथा विकासका लक्ष्य बीचको अन्तरसम्बन्ध बारे जिल्ला स्थित सरोकारवालाहरुलाई अवगत गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

स्थानीय बिकास अधिकारी जिवलाल भुसालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

यसै गरी आगामी २०७४ साल बैशाख देखि यस संसथाले महिनावारी समबन्धी विद्यालय ब्यबस्थापन समिति र शिक्षक शिक्षिकाहरुलाई अभिमुखीकरण गराउन, किशोर/किशोरीहरुको लागि महिनावारी स्वास्थ्य तथा ब्यबस्थापन सम्बन्धी विद्यालय स्तरिय कक्षा संचालन गर्ने र विद्यालयहरुमा अनुगमन गर्ने कार्यक्रम तयार गरिएको छ । २० प्रतिशत किशोर/किशोरीहरुले महिनावारी भए पछि विद्यालय जान छाडेको परिवार महाशाखाको तथ्याङक रहेको छ ।