कतारमा एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २१, २०७३

कतार  । देश र जनताको अधिकारको निम्ति १० बर्षीय जनयुद्ध संचालन गरेको २२औ बर्ष पुगेको अबसरमा जनयुद्ध दिवस, सहिद सप्ताह र बलिदान दिवस कतारमा मार्च ३ तारिकका दिन एक कार्यक्रम गरि  नेपाली जनप्रगतिशिल मन्च कतारले सनैयाको ग्रीन रेस्टुरेन्टमा भब्यताका साथ मनाएको छ ।

17103622_1472661696098369_5950578612668927749_nनेकपा (माओवादी केन्द्र) का गल्फ संयोजक शनि कुमार ओलीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा कार्यबाहक अध्यक्ष रकम राईको सभापतित्वमा रहेको थियो । माओवादी केन्द्रका महाधिवेशन आयोजक समिती सदस्य होमनाथ शर्मा र नेपाली जनप्रगतिशील मन्च बहराइनका अध्यक्ष नारायण रपाल बिश्वकर्मा  विशेष अतिथि रहेको कार्यक्रम मन्चका महासचिब जैबी राईले सन्चालन गरेका थिए  । मन्चका सल्लाहकार समेतको उपस्थितीमा  मन्चमा आबद्ध कार्यकर्ता जनयुद्धका सहिद परिवार समेतको बाक्लो उपस्थिती रहेका थियो ।

कार्यक्रमको सुरुमा जनयुद्धका दौरान आफ्नो प्राणको बलिदान शहीदहरुको सम्मानमा मौनधारण गरिएको थियो ।उक्त कार्यक्रममा ईश्वर शाही राजन राइले जनयुद्धको बिषय मा गजल मार्फत उपस्थित सवैलाई भाबुक र मुग्ध पारेका थिए ।

जनताका अधिकारको निम्ति जनयुद्धले ल्याएको ठुलो परिवर्तनको उपलब्धिलाई रक्षा गर्नु नै अहिलेको आबश्कता रहेको र स्थानीय तहको चुनाव बाट संविधान कार्यन्वयनको बाटो खुलेकोले कुनै पनि हालतमा उपलब्धि रक्षाको लागि प्रवासमा रहेका कार्यकर्ताहरु सहभागी भै सहयोग गर्नु पर्ने धारणा प्रमुख अतिथी शनि कुमार ओलि राखेका थिए।

एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश

प्रवासमा रहेका एमालेका नौ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रबेश गर्नेमा बिशाल भण्डारी मोरङ,  राजकुमार राउत मोरङ,  भोज ब नेपाली रामेछाप,  कृष्णदेव साह सप्तरी,  जय कुमार यादव सिराहा,  राम कुमार साह धनुषा,  सन्तोष मन्ड्ल धनुषा , इन्द्र लामा धनुषा रहेका छन् ।  प्रवेश गर्नेहरु नेपालमा रहदा एमाले गाउँ कमिटी सदस्य रहेकोले अब यात्रामा जनताको पार्टी माओवादी केन्द्र रोजेको बताएका थिए नवप्रवेशीहरु सबैलाई खादा लगाएर स्वागत गरिएको थियो।

17141739_676632932520209_1587114206_nएमालेले पटक पटक राज्यसत्तामा रहेर पनि आदिवासी मधेसीको अधिकार दिनुको साटो झन् कुठाराघात गरेकोले माओवादी मात्रै जनताको अधिकारको निम्ति लड्ने पार्टी माओवादी मात्र भएकोले माओवादी केन्द्रमा  प्रवेश गर्नु परेको कृष्ण देब साहले बताए ।

बस्नेतलाई सम्मान तथा बिदाइ

नेपाली जनप्रगतिशील मन्च कतारका सूचना तथा सन्चार बिभाग प्रमुख होम ब बस्नेतलाई सम्मान सहित कतारबाट बिदाइ गरिएको छ । निकै लामो समय देखि नेपाली जनप्रगतिशील मन्च कतारमा रहेर काम गरेका बस्नेत सामाजिक सस्था देखि सन्चार क्षेत्रमा समेत उल्लेखनीय भुमिका रहेर आठ बर्ष सम्म कतारमा  रहेका थिए।

FB_IMG_1488568480518_resized_20170304_043914000-2नेपालमा संविधान कार्यान्वयन र स्थानीय तहको चुनाव भएकाले देशमा नै रोजगारी र जनताको सेवा लाग्ने गरि नेपाल केही दिनमा नै जाने भएकाले उहाँ लाई सम्मान पत्र सहित बिदाइ गरिएको थियो । बिदाइ कार्यक्रम पछि बोल्दै बस्नेतले हिजो जनयुद्ध परिवर्तनको निम्ति हामी मर्नका लागि तयार भएर जनयुद्ध गर्‍यौ आज फेरी नयाँ संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाको लागि तीनै तहको चुनाव सम्पन्न गर्नको ठुलो संघर्ष गर्नु पर्ने भएकोले प्रवासमा रहेका कार्यकर्ताहरुलाई स्थानीय तहको चुनावको लागि नेपाल फर्कन र सरकार तथा पार्टीलाई सहयोग गर्नुपर्ने बताउनु भयो।

कार्यक्रमको समापन गर्दै मंचका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापति राईले स्थानीय तहको निर्वाचनको लागि प्रवासबाट गर्न सकिने सहयोगहरुमा पुर्ण रुपले लागि पर्न सम्पुर्ण मन्चका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो।