धादिङ फागुन २० । धादिङको ज्यामरुङ गाउँ विकास समिति वर्डा नं. ६ कुमाई ज्यामरुङमा झाडा पखाला फैलिएको छ ।
विगत ३ दिन पहिला गाउँमा विहे भोज थियो, त्यहि विहे भोजको खानपिन पछि गाउँमा झाडा पखाला फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
उपचारको लागि २८ जनालाई जिल्ला अस्पताल धादिङबेसी ल्याइएको छ भने अरुलाई पनि ल्याउने तयारी भैरहेको छ । केहि दिन देखि जिल्ला अस्पतालमा मौसम परिवर्तनका कारण विरामी बढेका थिए तर झाडा पखालाका कारण यति धरै बिरामी आएको यो साल पहिलो भएको एम्बुलेन्स चालक तथा स्वस्थ्य कर्मी भेषराज ठकुरीले धादिङपोष्टलाई बताउनु भयो ।
झाडा पखाला फैलन थाले पछि जिल्ला अस्पतालमा जानकारी गराएको तर जिल्ला अस्पतालबाट कुनै जिम्मेवारी बोधका साथ स्वास्थ्यकर्मी गाउँ नभाएको गुनासो गर्दै स्थानियले आरोप लगाएका छन् । उनीहरुले आफै स्वतःस्फुर्त गाडी रिजर्भ गरि विरामीहरुलाई जिल्ला अस्पताल ल्याएका हुन् अरुलाई पनि अस्पताल ल्याउने तयारी छ तर स्वास्थ्य कर्मीलाई गाउँ पठाए झाडा पखाला फैलिनबाट रोकिन्थ्यो कि एक स्थानियले बताए ।
पखाला रोग लागेको कसरी थाहा पाउने ?
पखला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु । कहिले थोरै गाढा त कहिले पातलो पानी जस्तो दिसा आउनु। पखाला लाग्दा चौलानी जस्तो सेतो आउ आउनु कहिले काही पखाला लाग्दा रातो आउ वा रातो मासी पनि आउँ सक्छ । दसा आउँदा पातलो भै पानी जस्तो पिचीरीक्क आउनु। दिशा बसी सके पछी पनि फेरी बसु बसु जस्तो लाग्नु (Tinusmus) हुनु । पेटमा दुखे जस्तो हुनु । जिब्रोमा सुख्खापन देखिनु। पानीको प्यास लग्नु। हिँड्न गाह्रो भै जहाँ पायो त्यहिं बसौँ जस्तो हुनु।
पखाला लाग्नुको कारणस्( मौसमको परिवर्तनको कोरणले‚ कहिले तोतो र कहिले चिसो हुनाले । सडे गलेको बासी ढुसी परेको खानेकुरा खानाले । आफ्नो पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा । पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भट्मास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा । खाना खँदा धेरै खानु पहिला खाएको खानेकुरा नपच्दै खाना खानु । दूषित पानीको प्रयोगले पेटमा जुका परेको कारणले । मुख्य कारण साबुन पानीले हात नधोइकन खाना खानाले ।
पखाला लाग्यो भने के खाने त ?
जीवनजलको पानी सकेसम्म पिउने । खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ । झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ । लौकाको तरकारी अथवा दहि फिटेर खाने । जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने । काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउदाना खानुपर्दछ । अहिले बजारमा सर्वत्र पाइने बेलको सर्वत बनाएर खाँदा पनि हुन्छ । बजार मा धेरै थरिका झाडा पखालाका औषधि पाइन्छ तर दिशा चेक गरेर मात्र औषधि खाए राम्रो हुन्छ यदि हामि कहाँ ल्याब को ब्यबस्था छैन भने हामीले (MetronDF500 mg ) ठुलो मान्छेहरु को लागि खान सकिन्छ । बच्चा हरु को लागि पनि यसैको झोल औषधि मात्र मिलाएर खुवाउन सकिन्छ तर स्वास्थ्यकर्मी लाइ सल्लाह गरेर खाँदा राम्रो हुन्छ ।
पखाला लागेमा कस्तो खानेकुराहरु नखाने ?
पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने । फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने । अमिलो अचार, आलु, भान्टा कोभी नखाने । सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने । झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुरा नखाने । बांसी र सडेगलेका खानेकुरा हरु नखाने ।
झाडापखालाको रोकथाम कसरी गर्ने ?
पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने । पेटलाई तातो कपडाले छोपेर राख्ने । खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुन पानीले धोएर मात्र खाने । हातको नङहरु समय समयमा काटी रहने । घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने । दिसा पिसाबलाई रोकेर नराख्ने । कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो । बासि र सडेगलेका खाने कुराहरु नखाने। तरकारीहरु पखालेर वा काँचो तरकारीलाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ । झाडापखाला लाग्ने मुख्य कारण पानि ले गर्दा हुने भएकाले पानी शुद्दीकरण र उमालेर खानाले झाडापखाला लाग्नबाट बच्न सक्छौ ।