धादिङमा नेवि संघ र अखिल क्रान्तिकारीको यस्तो छ संयुक्त प्यानल

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ५, २०७३

धादिङबेसी फागुन ४ । धादिङ जिल्लामा रहेका ८ वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) बीच संयुक्त प्यानल बजाएर निर्वाचनमा जाने निर्णय भएको छ ।

आज बिहान धादिङबेसीमा बसेको २ संगठनको बैठकले जिल्लाका ८ क्याम्पसहरुमा संयुक्त प्यानल बनाएर स्ववियु निर्वाचनमा जाने निर्णर्य गरेको हो ।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको उक्त वैठकमा नेपाली काँग्रेसका अध्यक्ष रमेश धमला र माओवादी केन्द्रको अध्यक्ष शालिकराम जमकट्टेलको समेत उपस्थिति रहेको थियो ।

कुन क्याम्पसमा कस्ले नेतृत्व गर्ने

१. सल्यानटार क्याम्पस सल्यानटार -सभापति नेविसंघ
२. नेत्रावती क्याम्पस खहरे सभापति -अखिल क्रान्तिकारी
३. निलकण्ठ क्याम्पस धादिङ बेसि सभापति -नेविसंघ
४. मछिन्द्र क्याम्पस खानिखोला सभापति -नेविसंघ
५. आदर्श क्याम्पस गजुरी सभापति -अखिल क्रान्तिकारी
६. जयबागेश्वरी क्याम्पस रिचोकटार सभापति -अखिल क्रान्तिकारी
७. चन्द्रोदय क्याम्पस विशालटार सभापति -नेविसंघ

बिहानको सहमति सँगै नेवि संघको तर्फबाट नीलकण्ठ क्याम्पसमा सभापतिको उम्मेदवारी सरोज पाण्डेले दिएका छन् भने आदर्श बहुमुखि क्याम्पस गजुरीमा अखिल क्रान्तिकारीको उम्मेदवार सुस्मिता तामाङले दिनुभएको छ ।

अन्य, क्याम्पसहरुमा फागुन ८ गते प्रत्यक्ष तर्फका उममेदवारहरुले उम्मेदवारी दिने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष माधव छत्कसलीले बताउनु भयो ।