धादिङ ज्यामरुङ माघ १७ । ज्यामरुङ गाउँ विकास समितिमा दन्त शिविर सम्पन्न भएको छ ।
ज्यामरुङ स्थित श्री जनभावना निम्न माध्यमिक विद्यालय र जनज्योती निम्न माध्यमिक विद्यालय त्रिपुरेश्वरमा अध्यनरत विद्यार्थीहरुको लागि दन्त शिविर कार्यक्रम गरिएको हो ।
टुकी नेपाल नामक संस्थाको सहयोगमा ५ दिन सम्म सञ्चालन गरिएको शिविरमा विद्यार्थीहरुका लागी आधारभुत तालीम, दाँतको चेकजाँच तथा दाँत माझ्ने तरिका बारे सिकाइएकोे टुकी नेपालका अध्यक्ष कमल सापकोटाले जानकारी दिनुभयो ।