धादिङ माघ १४ । नेपालस्थित् भारतीय दुतावासद्धारा धादिङ्को मैदी गाविसमा रहेको हेल्थ पोष्टलाई एम्बुलेन्स प्रदान गरेको छ ।
भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दुवावासले मैदी हेल्थपोष्ट लगायत नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा नकमाउने परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिइएको हो ।
भारत सरकारले दिएको उक्त एम्बुलेन्सबाट धादिङ्का मैदी, ढोला, नलाङ्, खरी र गोरखा जिल्लाको दरबुङ् गाविसले प्रत्यक्ष लाभ लिने मैदी हेल्थ पोष्टका सदस्य सचिव सुजन श्रेष्ठले जानकारी दिए ।
हाल उक्त हेल्थ पोष्टमा दैनिक ६० जना विरामीहरु आउने गरेको र ती मध्ये ५र ६ जनालाई अर्को अस्पताल रेफर गर्नुपर्ने भएकोले यो एम्बुलेन्स पाएसँग अब ठूलो राहत पुग्ने हेल्थ पोष्टका सदस्य सचिव श्रेष्ठले बताए ।