धादिङ पौष २३ । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता तथा संगठन विभाग प्रमुख रामबहादुर थापा (बादल) ले जनयुद्धको आँधीबेहेरीले बढारिदै संघियता, धर्म निरिपेक्षता, गणतन्त्र, समानुपातिक प्रणली मान्न बाध्य परेकाहरु संविधान कार्यान्वयनको घढीमा सडक तताइ रहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता बादलले संविधान सभाबाट बनेको संविधान माओवादी केन्द्रको एजेण्डा भएको र अन्य संसदीयदलहरु जनयुद्धको आँधीले गर्दा मान्न बाध्य भएको बताउँनु भएको हो ।
नेपाली काँग्रेस संविधान कार्यान्वयनमा जान तयार छ तर एमाले अहिले एमाले जनतालाई संघियताले देश टुक्रन्छ, जातिय नाराले मुलुक विखण्डन हुन्छ भन्दै हिडि रहेको आरोप लगाउनु भएको थियो ।
उहाँले यो वा त्यो बहानामा संविधान कार्यान्वयन गर्न नेकपा एमालेले अवरोध गरि रहेको बताउदैँ संविधान कार्यान्ययन गर्न नदिने र मुलुकलाई फेरि अन्यौल बनाउने तर्फ लागेको समेत बताउनु भएको थियो ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यहरु हितमान शाक्य, झक्कु सुवेदी, विष्णु पुकार श्रेष्ठ, पुष्पविक्रम मल्ल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेका रमेश धमला, माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारी, नयाँ शक्ति धादिङका नेता राम ढकाल, नेकपा माओवादीका धादिङ सेक्रेटरी रामबहादुर श्रेष्ठ लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।
सम्मलनको बन्द सत्र भोलि सम्म जारी रहने र नयाँ नेतृत्व चयन हुने माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले धादिङपोष्टलाई बताउनु भयो ।