नेपाल पत्रकार महासंघ युएई को पाँचौ अधिवेसन सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७३

दुबई/नेपाल पत्रकार महासंघ युएई शाखाको पाँचौ अधिवेशन भुपराज बस्याललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईको एक रेष्टुरेन्टको सभाहलमा ३० डिसेम्बर शुक्रबारका दिन सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मण खनाल, सचिवमा मेघराज सापकोटा, सहसचिवमा नारायण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यलाई चयन गरेको छ ।
123अधिवेशनले निमकान्त पाण्डे, मोहन बस्याल, खिमलाल पाण्डे र दामोदर दाहाललाई सदस्यमा चयन गरेको छ भने केन्द्रिय प्रतिनिधीमा हरि नेपाली र विनोद श्रेष्ठ रहेका छन् । हरि नेपाली धादिङ पोष्ट का युएई प्रतिनिधि समेत हुन् ।