सरकार मेरो बस्तीमा जेल बनाउँछ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ५, २०७३

विमन बुर्लाकोटी
सल्यानटार धादिङ

कोही ढुङ्गाको मुर्ति बनाउँछ
कोही ढुङ्गाको रोडा बनाउँछ ।
हाम्रै घरमा बास बस्न अाएकाहरू
हामीलाई नै हलि गोठाला बनाउँछ ।।

सरकार मेरो बस्तीमा जेल बनाउँछ
बरू अनपढहरू पाठशाला बनाउँछ ।
अाजका नेताहरू हाम्रै घरमा बसेर
हामीलाई नै शोषक सामन्ती भन्दै
विदेशी भुमिको दास बनाउँछ ।।

भ्रष्ट दलालहरूलाई जनता मन्त्री बनाउँछ
त्यहीँ मन्त्री मेरो पुर्खाको शालि भत्काएर
अाफनो करोडौंको निजी निवास बनाउँछ ।
अनि हामीलाई शोषक सामन्ती भन्दै
विदेशी भुमिको दास बनाउँछ ।।

कोही ढुङ्गाको मुर्ति बनाउँछ
कोही ढुङ्गाको रोडा बनाउँछ ।
सरकार हाम्रो पसिनाको कमाइ खाएर
हामीलाई नै विदेशी भुमिको दास बनाउँछ ।।