एजेन्सी पौष ३ । अमेरिकी रक्षामन्त्रालयले चीनले नियन्त्रणमा लिएको ड्रोन फिर्ता गर्न माग गरेको छ । चीनले साउथ चाइना सीबाट अमेरिकी ड्रोन नियन्त्रणमा लिएको थियो ।
पेन्टागनले वैज्ञानिक खोजका लागि ड्रोन पठाइएको भन्दै चीनलाई यस्तो कदम नदोहोर्याउन चेतावनी समेत दिएको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले चोरी गरेको ड्रोन फिर्ता नलिने उल्लेख गरेका छन् ।