पाकिस्तान इन्टरनेसनलको विमान दुर्घटना

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २३, २०७३

bimanइस्लामावाद मंसिर २३ । पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।

विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनेद जमशेद पछिल्लो समयमा धर्मगरु बनेका थिए ।

चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामावादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो । सबै यात्रुको मृत्यु भएको आशंका गरिए पनि पाकिस्तानी सेनाले बुधबार रातिसम्म २१ वटा शव फेला पारेको छ । सैनिकहरु उघार कार्यमा जुटेको सेनाले बताएको छ ।आजको अन्नपुर्ण राष्ट्रिय दैनिकमा खबर छ ।