चैनपुरमा निशुल्क आँखा शिविर मंसिर १३ र १४ अप्रेसन गरिने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १२, २०७३

धादिङ मंसिर १२ । जिल्ला सामुदायिक आखाकेन्द्र धादिङ र तिलगगाँ आखाँ प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार चैनपुर साँध भञ्झ्याङमा आखाँ शिविर सम्पन्न भएको थियो ।

शिविरमा छिमेकी गाविसहरु ढोला, मैदी, खरी, मुरलीभञ्याङका गरी ११८ जनाको चेकजाच ,११ जनाको मोतिया बिन्दु भएको पार्यएको थियो ।

मोतिया बिन्दु भएका ११ जनाको अप्रेशन यही मंसिर १३ र १४ गते जिल्ला सामुदायिक आखाँ केन्द्रमा निशुल्क अप्रेशन गरिने जिल्ला आखाँ केन्द्र धादिङका इन्चार्ज रामसिङ तामाङले जानकारी दिनुभएको थियो ।