धादिङ मंसिर ४-
नेपालले फ्रेन्ड्स अफ जापानमाथि शानदार जित हात पारेको छ । शनिबार भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १-० को जित हात पारेको हो ।नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसाग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका नवयुग श्रेष्ठले विजयी गोल गरे ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे । बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार जापानी गोलरक्षकले बल रोकेका थिए ।
तर, नियन्त्रणमा लिन सकेनन् र त्यही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।