धादिङ कात्तिक २९-
न्युजिल्याण्डमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी आइल्याण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । साढे दुई मिटर अग्लो सुनामी छाल आएको छ । भूकम्पका कारण प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्धार तथा राहत साम्रगी लगिएको छ ।क्राइष्टर्चचको उत्तरपूर्वी क्षेत्र भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी वेलिङटनसहित क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पमा परि अहिलेसम्म दुईजनाको ज्यान गएको छ । भूकम्पले पुर्याएको क्षतिका बारेमा अहिलेसम्म विस्तृत जानकारी नआएको प्रधानमन्त्री जोन कीले बताउनुभएको छ ।
भूकम्प गएको दुई घण्टापछि सुनामी आएको छ । भूकम्पपछि पाँच मिटर अग्लो सुनामीको छाल आउन सक्ने चेतावनी दिइएको थियो ।