अमेरिकामा राष्ट्रपति छान्न आज चुनाव हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७३

कार्तिक २३-

trump-clinton

नयाँ  राष्ट्रपति चयनका लागि अमेरिकामा  आज चुनाव हुँदैछ ।

एक साता अघि संघीय जाँच एजेन्सीले इमले प्रकरणको दोस्रोपटक सुरु गरेपछि केहीपछि देखिएकी हिलारी सफाइ पाएसँगै उनको मत बढेको पछिल्ला सर्वेक्षणहरुले देखाएका छन् ।

यसपटकका उमेदवार क्लिन्टन र ट्रम्पबीच नीति एवं कार्यक्रमा ठूलै भिन्नता रहे पनि प्रचारप्रसार व्यक्तिगत आरोप प्रत्यारोपले ज्यादा स्थान पाएको छ ।

नयाँ राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरिनबाट ग्यारी जोनसन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अमेरिकी चुनावमा मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिमदिन दुवै उमेदवारले एक अर्काको पकड रहेका निर्णयक राजइमा चुनावी प्रचारप्रसार गरेका थिए ।

 

ट्रम्पले निर्वाचन प्रचारका क्रममा आप्रवासी र मेक्सिकोसँगको सीमामा पखाललगाउनेसहितका अभिव्यत्ति, दिएका कारण ल्याटिन अमेरिकी मूलदमा भोटरहरु ट्रम्पसँग तर्सिएका छन् । उता इमेल विवादका कारण क्लिन्टन पनि समस्यामा परेकी छिन् । यद्दपी संघीय जाँच व्यूरोले उनलाई सफाइ दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो ।

हरेक राज्यमा खसेको बहुमत मत जसको पक्षमा गयो त्यही उमेदवारले उक्त राज्यको सम्पूर्ण इलेक्ट्रोल मत पाउने गर्छ । दुई राज्य मेन र नेब्रास्कामा भने मतको समानुपातिक आधारमा इलेक्ट्रोल मत पाउने नियम छ ।